Rule 32
सेवा करारमा नियुक्ति गर्न सक्ने
: (१) प्राविधिक सेवा तर्फको कुनै पदमा भएको विज्ञापन बमोजिम आवश्यक सङ्ख्यामा उम्मेदवारको सिफारिस हुन नसकेमा र त्यस्तो पद पूर्ति गर्न अत्याश्यक भई कुनै व्यक्तिको विशेषज्ञता सो सेवाको लागि अत्यावश्यक छ भन्ने लागेमा अर्थ मन्त्रालयको सहमति लिई मन्त्रालयले बढीमा दुई वर्षसम्मको लागि विशेषज्ञको रुपमा सेवा करारमा नियुक्ति गर्न स्वीकृति दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम सेवा करारमा नियुक्त हुने व्यक्तिको सेवा, शर्त र सुविधा सम्बन्धी व्यवस्था करारनामामा उल्लेख गरिए बमोजिम हुनेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) बमोजिम सेवा करारमा नियुक्त हुने व्यक्तिलाई देहायको जिम्मेवारी र सुविधा दिइने छैन :–
(क)   सशस्त्र प्रहरी बलको निर्देशनालय, विभाग, महाशाखा तथा शाखाको प्रमुखको जिम्मेवारी,
(ख)   सशस्त्र प्रहरीको दर्ज्यानी चिन्ह तथा पोशाक प्रयोग गर्ने सुविधा, र
(ग)   सशस्त्र प्रहरी कर्मचारीले पाउने लत्ता कपडा र रासन सुविधा ।